संविधानसभा निर्वाचनबाट देशकै ठुलो पार्टी बन्न सफल भएको एकीकृत नेकपा माओवादी यतिवेला फुटको संघारमा पुगेको छ । बन्दुकको नालबाट सक्ता प्राप्त हुन्छ भन्ने मान्यताका साथ २०५२ साल देखी १० वर्ष शशस्त्र जनयुद्ध गरेर शान्ति प्रक्रिया हुदै याहाँ सम्म आइपुगेको माओवादीमा वैचारीक मतभिन्नताले गर्दा नै फुटको अवस्थामा आएको हो । एकीकृत माओवादीको वैद्य विचार समूहले नयाँ कम्युनिष्ट पार्टी बनाउने प्रक्रिया सुरु भईसकेको जनाएको छ । वैद्य विचार समूहका केन्द्रीय सदस्यहरुको दुइ दिने वैठकपछि कुपण्डोलमा आयोजित पत्रकार सम्मेलनमा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्यले असार १ गते हुने राष्ट्रिय भेलाले नयाँ कम्युनिष्ट पार्टी गठन गर्ने दाबी गर्नुभयो । आफुहरु पार्टी फुटाउने पक्षमा नरहेको भन्दै उहाँले सम्झौता गरेर अघि बढ्न सकिने अवस्था पनि नरहेको स्पष्ट पार्नुभयो । अब विचार मिल्नेहरु एक ठाउँमा आउने बेला भएको उहाँको भनाइ थियो ।
Video :
माओवादी पार्टी फुटको संघारमा
Please Click Like Button To Receive Updates Via Our Fan Page.
If You Enjoyed This Post Please Take 5 Seconds To Share It.
Labels:
Nepali News,
News
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment